काठमाडौं । साउथका सुपरस्टार चिरंजीवीको फिल्म ‘सायरा नरसिंह रेड्डी’ पनि यो वर्षको ठूलो फिल्ममध्ये एक हो । यो फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित थिए । यो फिल्म दुई अक्टोवरबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । तर, रिलिजमा आएको २४ घण्टा नबित्दै यो फिल्म अनलाइन लिक भइसकेको छ । तमिल रकर्स नाम अनलाइन वेबसाइटले फिल्मलाई इन्टरनेटमा लिक गरिदिएको हो ।
चिरञ्जीवी, अमिताभ बच्चन, विजय सेतुपति, नयनतारा, किच्चा सुदीप, तमन्ना भाटिया लगाएतको मुख्य भूमिका रहेको ‘सायरा नरसिंह रेड्डी’ रिलिजमा आएको एक दिन राम्ररी नबित्दै पाइरेसीको सिकार भइसकेको छ । तमिल रकर्सले फिल्मलाई एचडी प्रिन्ट अनलाइन लिक गरेको हुनाले मेकर्सका लागि ठूलो समस्या भएको छ । ऐतिहासिक ड्रामा ‘सायरा नरसिंह रेड्डी’मा दमदार एक्शन प्रस्तुत गरिएको छ ।
मद्रास हाईकोर्टले प्रतिबन्द गरेपछि तमिल रकर्सले फिल्महरुलाई पाइरेसी गर्दै आएको छ । सुरुमा यो वेबसाइटले साउथ फिल्मलाई मात्र लिक गर्दै आएको थियो, तर पछिल्लो समय हिन्दी भर्सनको साहो, मिसन मंगल, बटला हाउसलगाएतका ठूला हिन्दी फिल्महरु पनि लिक गर्न सुरु गरेको छ । ‘सायरा नरसिंह रेड्डी’लाई सुरेन्द्र रेड्डीले निर्देशन गरेका हुन् । फिल्मलाई चिरञ्जीवीका छोरा राम चरणले निर्माण गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
