वास्तवमै साउथका सुपरस्टार तथा एक्शन अभिनेता रजनीकान्त साधारण ब्यक्तित्व भएका मानिस हुन् । दर्शकहरु उनको एक्शनको दीवाना छन् । हरेक फिल्ममा उनी छुट्टा-छुट्टै भूमिकामा प्रस्तुत हुँदै आएका छन् । अहिलेको समय उनी आफ्नो फिल्म ‘दरबार’को सुटिङ सकाएर हिमालयको पाँच दिने धार्मिक यात्रामा निस्किएका छन् ।
सादा जीवन जिउन रुचाउने रजनीकान्त आफ्नो साथी हरिको साथमा हिमालयको यात्रा गरिरहेका छन् । रजनीकान्तको यसै हिमालय टुरको केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । सार्वजनिक ती तस्वीरहरुमा रजनीकान्त र उनका साथी हरिलाई अलग-अलग स्पटसमा देख्न सकिन्छ । उनीहरुले अलग–अलग टोपी लगाएका छन् ।
रजनीकान्तले बुधबार (१६ अक्टोवर)का दिन बद्रीनाथको दर्शन गरिरहेका तस्वीर सार्वजिनक भएको थियो । बुधबार बिहान उनी बद्रीनाथ मन्दिरमा बेदपाठ र मंगल आरतीमा सामेल भएका थिए । यस क्रममा उनले मङ्की क्याप र सल र हातमा ग्लब्स लगाएका छन् ।
रजनीकान्तको उक्त तस्वीर सोसल मिडियामा निकै भाइरल बनिरहेको छ । बद्रीनाथ जानुभन्दा पहिले रजनीकान्तले छोरी एश्वर्यसँग केदारनाथको दर्शन गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
