करण जोहरले आफ्नो बहुप्रतिक्षित फिल्म ‘ड्राइभ’को ट्रेलर सार्वजनिक गरेका छन् । सुशान्त सिंह राजपुत र ज्याकलीन फर्नान्डेजलगाएतको मुख्य भूमिका रहेको यो फिल्म एक्शन थ्रिलर हो । यो फिल्ममा पंकज त्रिपाठी र बोमन ईरानी पनि मुख्य भूमिकामा प्रस्तुत हुदैछन् । वास्तवमा भन्नुपर्दा यो फिल्म थिएटर्समा रिलिज हुनेछैन । फिल्मलाई सीधै अनलाइन प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिनेछ ।
निर्माण पक्षका अनुसार यो फिल्ममा जबदस्त एक्शन प्रस्तुत गरिएको छ । ‘ड्राइभ’को ट्रेलर हेरेपछि २००४ मा दर्शकमाझ रिलिजमा आएको जोन अब्राहमको फिल्म ‘धुम’को याद आउनेछ । फिल्मको ट्रेलर अनुसार अभिनेता सुशान्त र ज्याकलीनको ग्रुपले राष्ट्रपति भवनमा चोरी गर्ने योजना बनाउँछन् भने पंकज र बोमनले उनीहरुलाई समात्न प्रयत्न गरिरहेका छन् ।
यो फिल्मको भिएफएक्सलाई लिएर दर्शकहरुले आलोचना गरिरहेका छन् । यो फिल्ममा प्रयोग गरिएको भिएफएक्स भन्दा पछिल्लो समय गेममा प्रयोग गरिने भिएफएक्स राम्रो हुने बताउँदै आलोचना भइहरेको छ । पछिल्लो समय सुशान्त सिंहको फिल्महरुले राम्रो कमाई गरिरहेको अवस्थामा ‘ड्राइभ’ले पनि राम्रो कमाई गर्ने आशा गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
