काठमाडौं । फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर रिलिज भएको छ । फिल्म भारतका केही राज्यमा १५ काक्तिकमा प्रदर्शन हुनेछ भने नेपालमा काक्तिक २२ गते देखि प्रदर्शन हुने बताइएको छ ।

भास्कर प्रधानले निर्देशन गरेका फिल्म ‘लभ यु हमेशा’मा अभिनेता यशराज गरच, अभिनेत्री फिजा योन्जन, ऋचा थापा तथा हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् । राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा दर्शकलाई विभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप, पेन तथा डायरी प्रदान गरिरहेका छन् ।
फिल्मका प्रमुख कलाकारहरुले दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपीकृष्ण हलबाट सुरु गरिएको हो । निर्देशक प्रधानकै लेखन रहेको फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्म धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई शिब ढकालले भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका विभिन्न स्थानमा खिचेका हुन् ।
फिल्म लभ यु हमेशा’मा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणाश्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राई लगायतका कलाकारहरु रहेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।