अभिनेत्री तापसी पन्नु र भूमी पेड्नेकर आफ्नो आगामी फिल्म ‘सांड कि आंख’को प्रचार–प्रसारमा जुटेका छन् । बक्स अफिसमा यो फिल्मले राजकुमार राव र मौनी रोयको फिल्म ‘मेड इन चाइना’ र बलिउडका एक्शन किङ अक्षय कुमारको ‘हाउसफुल–४’सँग प्रतिस्पर्धा गर्दैछ । शुटर हजुरआमाहरुको कहानीमा आधारित ‘सांड कि आंख’ फिल्म अक्षय कुमारको ‘हाउसफुल–४’को अगाडि कति दिन टिक्छ ? भन्ने सबैको मनमा कौतुहलता उत्पन्न भएको छ ।
यसरी फिल्म जुध्दै गर्दा अभिनेत्रीद्वय भूमी पेड्नेकर र तापसी पन्नुले आफूहरुको फिल्म ‘सांड कि आंख’लाई अभिनेता अक्षय कुमारको सपोर्ट गरिरहेका दाबी गरेकी छन् । एक अन्तवार्ताको क्रममा अभिनेत्री तापसी र भूमीलाई प्रश्न गरिएको थियो । जहाँ अक्षय कुमारको फिल्म ‘हाउसफुल–४’को जुध्दै गर्दा कतिको डर लागिरहेको छ ? भन्ने प्रसंगमा अभिनेत्री भूमीले भनिन्–‘हामी दुवैले अक्षय सरलाई धेरै माया गर्छौं । हाउसफुल–४ एक ठूलो फ्रेञ्चाइजी हो । हामीले उनीहरुसँग कुरा गर्ने गर्छौं ।’
त्यस्तै फिल्मकी अर्की अभिनेत्री तापसी पन्नुले भनिन्–‘फिल्म सांड कि आंखको ट्रेलर रिलिज हुँदा अक्षयले बधाई दिनुभएको थियो ।’ उनले थपिन्–‘अक्षय असल मान्छे मध्ये एक हुन् । उनले फिल्मको ट्रेलर रिलिज हुँदा फोन गरेर बधाई दिएका थिए । उनलाई ट्रेलर मन परेको थियो ।’
त्यसपछि भूमीले पुनः थपिन्–‘पछिल्लो समय अक्षय कुमार हाम्रो फिल्मको सपोर्ट गरिरहनु भएको छ । हाम्रो लागि हाउसफुल–४ कहिल्यै पनि कम्पिटिशन थिएन । हामी बेकुफ छैनौं, यति ठूलो फ्रेञ्चाइजीसँग हाम्रो जुध्छ भन्ने थाहै भएन । हाउसफुल टाइटानिक हो । त्यसको तुलनामा हाम्रो एक छेउ मात्रै हो । आशा छ दुवै फिल्मले राम्रो गर्नेछन् ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
