- भगतराम थारु
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका बेलभार वडा नं. ११ को बठवामा थारु कलाकारहरुले झुभि झुमि नाँचेका छन् । चर्चित मोडल विवश चौधरीको छोरा प्रिन्स चौधरीको २ बर्ष पुगेर ३ बर्षमा प्रवेश गरेको अवसरमा चर्चित चर्चित कलाकारहरु झुमी झुमी नाँचेका हुन् ।

प्रिन्सको जन्मोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो । जन्मोत्सवमा पुगेका कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिएका थिए ।
बाह्र बढी चर्चित थारु कलाकारहरु जसमा- थारु गायक विश्व सागर परियार, थारु मोडल तथा डाइरेक्टर विवश चौधरी, मोडल राजकुमार चौधरी, थारु चर्चित मोडेल सुनिता दहित, निर्मला चौधरी, पुजा चौधरी, निरा चौधरी, संगिता चौधरी, भुपेश चौधरी, मुन्सिराम चौधरी, मनोज चौधरी लगायतले प्रस्तुती देखाएका थिए ।
साँझा ७ बजेदेखि सुरु भएको जन्मोत्सव कार्यक्रम राति २ बजेसम्म कलाकारहरुले विभिन्न किसिमका प्रस्तुतीहरु देखाएका थिए । कलाकारहरुले कमेडी, युगल, हिपप, हिन्दी, नेपाली, थारु लगायतका गीतहरुमा आ-आफ्नो प्रस्तुतीहरु दिएका थिए ।
जन्मोत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य तथा थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष भगतराम थारु, थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य पत्रकार पत्रकार हेमन्त चौधरीे लगायत स्थानीय समाजसेवी, बुद्धिजिवी र अगुवाहरुको सहभागिता रहेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।