काठमाडौं । अन्ततः गायक तथा मोडल दुर्गेश थापाले विवादित तिहार गीत युट्युबबाट हटाएका छन् । प्रहरीको अनुरोधमा गायक थापाले विवादित गीत ‘ह्याप्पी तिहार, चिसो बियर’लाई युट्युबबाट हटाएका हुन् । गायक तथा मोडल थापालाई गीत मार्फत नेपालीहरुको महत्वपूर्ण पर्व देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ ।
यसका साथै गायक थापाको गीतमा मादकपद्धार्थ बीयरको प्रचार पनि गरिएको छ । सोसल मिडिया युट्युबमा धेरै भ्यूज पाएपनि नकारात्मक कमेन्ट धेरै आइरहेको थियो । जसको कारण गायक थापाले कमेन्ट बक्ससमेत खाली गरिसकेका थिए ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई नियन्त्रणमा लिइएको बताएका छन् । गायक थापालाई बालाजुबाट नियन्त्रणमा लिइएको उनले बताए ।
सामाजिक मूल्य मान्यता विपरित गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानून विपरित भएको उनको तर्क छ । अहिले थापा प्रहरी नियन्त्रणमै रहेका जानकारी गराइएको छ ।
केही महिनाअघि मात्रै पनि गायक थापाले तीज गीत ‘बीच्च बीच्चमा’ ल्याएर दर्शकहरुको राम्रो साथ पाएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
