पछिल्लो समय बलिउडका सुपरस्टार सलमान खान आफ्नो आगामी फिल्म ‘दबंग–३’को सुटिङमा ब्यस्त छन् । गएसोमबार सलमान खानले आफ्नो ट्वीटर अकाउन्टमा ‘दबंग–३’ फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोस्टरमा सलमानको अनस्क्रिन श्रीमती रज्जो, अर्थात अभिनेत्री सोनाक्षी सिन्हालाई प्रस्तुत गरिएको छ ।
यति मात्रै होइन, अभिनेता खानले आफ्नो आगामी फिल्मको पोस्टरलाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् । उनले पोस्टरको नजिक गई सोनाक्षीको परिचय आफ्नो फ्यानहरुलाई दिएका छन् । यो फिल्मको ट्रेलर दुईदिनपछि सार्वजनिक गरिनेछ ।
यो भन्दा पहिले अभिनेत्री सोनाक्षी सिन्हाले चौथ करवाको अवसरमा आफ्नो रज्जो अवतार इन्स्टाग्राममा सेयर गरेकी थिइन् । यसै फिल्ममार्फत अर्की एक अभिनेत्रीले पनि बलिउडमा डेब्यु गर्दै छन् । उनी हुन् सलमान खानका साथी महेश मांजरेकरको छोरी सई मांजरेकर ।
यो फिल्मलाई प्रभुदेवाले एक्शन–कट गर्दैछन् । फिल्मलाई सलमान खानका भाई अरबाज खानले निर्माण गरिरहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
