
नयाँ तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द तथा संगीतमा ‘मखमली’लाई प्रभावन, सरोज लामिछाने र सपना गुरुङले स्वरबद्ध गरेका हुन् । गीतको संगीत एररेञ्ज जीवन बडुले गरेका हुन् ।
गीतको भिडियोमा सरिता लामिछाने, रमा थपलिया, रामशरण जंगम, सरोज दाहाल, विवेक चौलागाईं र बद्री दंगल फिचर्ड छन् ।
प्रभावन जे र टिमले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँङकन गरेका हुन् । भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।