कार्तिक ७, कैलाली । ‘मिस फारवेस्ट नेपाल-२०१९’ प्रतियोगिताको दोश्रो संस्करणको उपाधि प्रतियोगि नम्बर पाँच कञ्चनपुरकी शितल खड्काले हात पारेकी छिन् । खड्कालाई ‘मिस फारवेष्ट नेपाल-२०१८’ कि विजेता मोनिका गुरुङ्गले ताज पहिराइकी थिइन् ।

बुधबार अबेर राति धनगढीको शुभश्री प्यालेसमा भएको फाइनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै खड्काले उपाधि हात पारेकी हुन् । उपाधिसंगै खड्काले नगद १ लाख रुपैया प्राप्त गरेकी छिन् ।त्यस्तै फस्र्ट रनर अपको उपाधि डडेल्धुराकी कोहिनुर मल्लले हात पारिन । उनले ५० हजार नगद प्राप्त गरिन, भने सेकेण्ड रनरअपमा कैलालीकी स्मारिका बम छानिइन उनले २५ हजार रुपैया प्राप्त गरिन ।
रोयल कोराबोरेटिम्भ प्रा.लि.धनगढीले आयोजना गरेको मिस फारवेष्ट नेपाल २०१९ को मुख्य निर्णायकमा हिडेन ट्रेजरका सिईओ गोपाललाल सुन्दर कक्षपति रहेका थिए भने अन्य निर्णायकहरुमा मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, नायिका याना शर्मा र फिल्म निर्माता सरोज न्यौपाने रहेका थिए ।

रोयल कोराबोरेटिम्भ प्रा.लि. का अध्यक्ष गजेन्द्र विक्रम शाहीले सुदूरपश्चिममा रहेका प्रतिभाहरुलाई स्थान दिनका लागि २०१८ बाट मिस फारवेष्ट नेपालको आयोजना गरेको बताए । उनले यो प्रतियोगिताले ‘भिजिट नेपाल वर्ष २०२०’ लाई समेत टेवा पुग्ने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।