काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा अभिनित फिल्म ‘घामड शेरे’को रिलिज मिति सरेको छ । यस अघि कात्तिक ८ गते रिलिज हुने भनिएको फिल्म युनिटले मल्टिप्लेक्स हलमा थोरै शो पाउने भएपछि फिल्म सार्न बाध्य भएका हुन् ।

नयाँ मिति अनुसार ‘घामड शेरे’ कात्तिक ८ बाट सरेर कात्तिक २२ मा गएको वितरकको भनाई छ । फिल्मका नायक निश्चल बस्नेतले ‘घामड शेरे’ लाई मल्टिप्लेक्सले न्युन शो संख्या दिएपछि असन्तुष्टि जनाउँदै वितरक र हल सञ्चालकलाई लक्षित गरेर स्टाटस लेखेको केही बेरमै ‘घामड शेरे’ सरेको हो ।
‘घामड शेरे’ सरेपछि कात्तिक ८ मा आउने नेपाली फिल्म ‘पोइ पर्यो काले’लाई फाइदा पुग्ने धेरैको आँकलन छ । तर, बलिउडको बहुप्रतिक्षित फिल्म ‘हाउसफूल ४’ रिलिज हुँदा नेपाली फिल्मले निकै कम शो पाउने पक्का छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।