
बलिउडमा भिलेनको भूमिका निभाएर चर्चामा आएका एक्शन अभिनेता विद्युत जामवालको नयाँ फिल्म ‘कमाण्डो–३’को ट्रेलर सार्वजनिक भएको छ । विहीबार फिल्ममेकर्सले विद्युत जामवालको एक्शन फिल्म ‘कमाण्डो–३’को ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्मको ट्रेलरले सोसल मिडियामा राम्रो रेस्पोन्स पाइरहेको छ । फिल्मको ट्रेलरमा अभिनेता जामवाललाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ ।
पछिल्लो फिल्म ‘कमाण्डो–२’मा कालो धनको विषयवस्तुलाई प्रस्तुत गरिएको थियो । आदित्य दत्तले निर्देशन गरेका ‘कमाण्डो–३’मा विद्युत जामवाल, अदा शर्मा, लंगीर धर र गुलशन देवाइया पनि मुख्य भूमिकामा छन् । यो फिल्म २९ नोभेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।