काठमाडौं । अभिनेता भुवन केसी अभिनित फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलरमा अभिनेता केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

‘मिस्टर नेपाली’ फिल्मको ट्रेलर अनुसार अभिनेता केसी फिल्ममा भिलेनको रुपमा देखिएका छन् । फिल्मको कथा, पटकथा तथा संवाद देव भुषालले तयार पारेका हुन् ।
फिल्मकाे छायांकन निरज कँडेलले गरेका छन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । प्रेमराज दाहालको लगानी रहेको फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत रजतपटमा भित्रिदैछन् ।
फिल्ममा विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण जस्तो विषयलाई समावेश गरिएकाे छ । पिल्म कात्तिक २९ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
फिल्म ‘मिस्टर नेपाली’ मा अभिनेता भुवन केसीसंगै बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्द’ श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।