
काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको पछिल्लो फिल्म ‘पद्मावत’ थियो, जुन फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरेको थियो । ‘पद्मावत’ फिल्मपछि अभिनेत्री दीपिकाले अभिनेता रणवीर सिंहसँग लगनगाँठो कसिन्, साथै केही समयको लागि उनले बलिउडमा ब्रेकसमेत लिएकी थिइन् । अब उनले ठूलो पर्दाबाट बलिउडमा कमब्याक गर्दैछन् ।
दीपिकाको आगामी फिल्म ‘छपाक’ हो । फ्यानहरुको लागि ‘छपाक’ पखाईको फिल्म बनेको छ । साथै जानकारी अनुसार अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘महाभारत’मा द्रोपदीको भूमिका निभाउँदैछन् । फिल्मको प्रोडक्शनमा दीपिकाले मधु मन्टेनासँग हात मिलाउँदैछन् ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यो फिल्मको पार्ट–पार्ट बनाइनेछ । फिल्मको पहिलो पार्ट २०२१ को दीवालीमा रिलिज गरिले तरण आदर्शले जनाएका छन् । ‘महाभारत’को आधिकारिक घोषणासँगै सोसल मिडियामा दर्शकहरुले आ–आफ्नो प्रतिक्रिया दिन सुरु गरिसकेका थिए । फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन् ।
एक युजरले लेखेका छन्-‘मलाई लाग्छ राजामौली र सञ्जय लिला भंसलीबाहेक अरु कसैले यस पिरियड ड्रामा फिल्मको निर्देशन गर्नसक्ने छैनन् । कुनै पनि पिरियड ड्रामा फिल्मको लागि निकै अनुसन्धान गर्नुपर्छ ।’ यो फिल्मप्रति अभिनेत्री दीपिका सुरुदेखिनै सकारात्मक नै छन् । एक अन्तर्वार्तामा दीपिकाले भनेकी छन्-‘मैले मान्छु कि यो लाइफटाइम रोल हो ।’
मधु मन्टेनाले भनिन्-‘हामी सबैले महाभारत कयौं पटक सुन्दै, देख्दै र बढ्दै आएका छौं । तर दीपिकाको महाभारत पूर्ण रुपमा द्रौपदीको वरिपरि घुम्छ । अहिलेको सबै भन्दा कुशल अभिनेत्री हुन् दीपिका । जसको कारण पनि यो फिल्मको कहानीको सीमा परसम्म तान्न सकिन्छ ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।