- भगतराम थारु
नेपालगञ्ज । मोडल विवश चौधरी र पूजा चौधरीको शनिवार तोहार भरल जवानी थारु गीतको भिडियो सावजनिक भएको छ । गीतको भिडियो सिएस फिल्मस प्रालि धनगढी कैलालीको युट्युब च्यानलबाट रिलिज भएको हो ।

कलाकार विवश र पूजाको लामो समयपछि म्युजिक भिडियो तोहार भरल जवानी आएको विवशले बताएका छन् । राजेन्द्र चौधरी र अनु चौधरीले स्वर दिएका गीतहरु फास्ट करिदेउ प्यार लास्ट करिदेउ तोहार दिलके मतलव ब्लास्ट करिदेउ तोहार भरल जवानी करिदेउ रहेको छ ।

क्यामरा तथा इडिटिङमा सतिश सिन्हा र डाइरेक्टर सुधाराम दहितले गरेका हुन् । गीतको छायाङकन धनगढीको पच्चीस घर भन्ने ठाउँमा गरिएको थियो ।

यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।