
काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री कियरा अडवाणी आफ्नो सुन्दरता र फिल्म ‘कवीर सिंह’का कारण चर्चामा छन् । ‘कवीर सिंह’को ठूलो सफलतापछि कियरा निकै उत्साहित छन् । सायद कपुरसँगको ‘कवीर सिंह’ले बक्स अफिसमा उत्कृष्ट कमाई गर्न सफल भनेको छ । साथै अभिनेत्री कियराको हातमा दुई वटा राम्रा फिल्महरु पनि छन् ।
‘लक्ष्मी बम्ब’ फिल्ममा कियराले अभिनेता अक्षय कुमारसँग अनस्क्रिन रोमान्स गर्दैछन्, भने ‘भुल भुलैया–२’मा कियराको अपोजिटमा कार्तिक आर्यन देखिदैछन् ।
गत बुधबार मुम्बईमा मिडियासँग कुराकानी गर्दै अभिनेत्री कियराले भनिन्–‘मैले कहिल्यै यो शैली (हरर् कमेडी)को फिल्ममा काम गर्ने विषयमा सोचेकी थिइन । तर, ‘लक्ष्मी बाँम्ब’ पछि ‘भुल भुलैया–२’ आउदैछ । यी दुवै फिल्म फरक–फरक शैलीका फिल्म हुन् । जसको कारण म निकै उत्साहित छु ।’
फिल्म ‘लक्ष्मी बाँम्ब’को बारेमा कियराले भनिन्–‘हामीले यो फिल्ममा सक्दो राम्रो गर्ने कोशिस गरेका छौं, र एक कुशल मनोरञ्नात्मक फिल्म बन्ने आशा गरेका छौं । म अक्षय कुमार सरको ‘भुल भुलैया’को ठूलो प्रशंसक हुँ । यो पहिलो हरर् कमेडी फिल्म हो, जुन मैले हेरेकी थिएँ ।’
भुल भुलैया–२ लाई अनिस बज्मीले निर्देशन गर्दैछन्, भने भुषण कुमारले निर्माण गर्दैछन् । यो फिल्म २००७ मा दर्शकमाझ रिलिजमा आएको अक्षय कुमार स्टारर् ‘भुल भुलैया’को दोस्रो सिक्वेल फिल्म हो । उक्त फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका थिए । भुल भुलैया-२’ ३१ जुलाई २०२० मा रिलिज हुनेछ ।
त्यस्तै राघब लाँरेन्सद्वारा निर्देशित ‘लक्ष्मी बाँम्ब’ २०११ मा दर्शकमाझ रिलिजमा आएको तमिल हिट फिल्म ‘मुनी २ : कञ्चना’को रिमेक हो । यो फिल्ममा कियरासँगै अक्षय कुमार पनि मुख्य भूमिकामा हुनेछन् । २२ मे २०२० बाट यो फिल्म दर्शकमाझ रिलिज गरिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।