काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा पछिल्लोपटक निकै मन पराइएका जोडीमा पर्छन् पूजा शर्मा र आकाश श्रेष्ठ । पहिलोपटक फिल्म ‘रामकहानी’मा सँगै देखिएका यी जोडीको माग बढेसँगै यसै जोडीलाई लिएुर फिल्म ‘सम्झना बिर्सना’ को शुक्रबार रजधानीस्थित भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।
यो जोडीले अभिनय गरेको फिल्म ‘पोइ पर्यो काले’ हाल हलहरुमा प्रदर्शनरत छ । फिल्मलाई दर्शकले रुचाएका छन् त्यस्तै जोडीको अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ हाल एडिटिङमा छ । भरखरै शुभ मुहर्त गरिएको फिल्म ‘सम्झना बिर्सना’ पूजा र आकाशको जोडीमा बन्न लागेको चौथो फिल्म हो ।
निमेष प्रधानले निर्देशन गर्ने फिल्म दार्जीलिङ, सिक्किम र नेपालमा खिचिने बताइएकाे छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । तिहारपछि छायांकन सुरु हुने फिल्मलाई शिव ढकालले खिच्नेछन् । प्रेमकथामा बन्ने यो फिल्मलाई लिएर पूजा र आकाश उत्साहित छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।