काठमाडाैं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात भाइटीका मंगलवार दाजुभाइले दिदीबहिनीका हातबाट टीका ग्रहण गरेर मनाए ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन हिजो भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाएका छन् ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम सेलरोटी लगायतका खानेकुरा दिने परम्परा छ ।
त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम सामाजिक परम्परा रहिआएको छ ।यस्तैमा नेपाली कलाकारहरुले पनि भाइटीका लगाएर रमाइलो गर्दै गरेका तस्वीरहरु सामाजिक संजालमा राखेका छन् हेरौं –
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।