
बलिउडका मुन्ना भाई सञ्जय दत्त, अर्जुन कपुर र कृति सेनन स्टारर् मच अवेटेड फिल्म ‘पानीपत’को ट्रेलर दर्शकमाझ रिलिज भइसकेको छ । यो फिल्म ऐतिहासिक लडाईमा आधारित छ । आशुतोष गोवारिकरले निर्देशन गरेका ‘पानीपत’ फिल्म ६ डिसेम्बरबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ ।
फिल्मको ट्रेलर सार्वजनिक भएसँगै सोसल मिडियामा चर्चा भइहरेको छ, जहाँ ट्रेलरले नेगेटिभ रेस्पोन्स पाइरहेको छ । केही दर्शकहरुले फिल्मको ट्रेलर हेरिसकेपछि करिब दुई/तीन वर्ष पूराना फिल्म बाजीराब मस्तानी र पद्मावतसँग तुलना गरिरहेका छन् ।
दर्शकहरुले अभिनेता अर्जुन कपुरले ‘पानीपत’मा अर्का अभिनेता रणवीर सिंहको अभिनयको नक्कल गर्ने कोशिस गरेको आरोप लगाएरहेका छन् । यो फिल्मको स्टारको रुपमा मुन्ना भाई सञ्जय दत्त भएको दर्शकहरुले प्रतिक्रिया दिन थालेका छन् । सोसल मिडियामा सञ्जय दत्तको लुक र अभिनयको सकारात्मक चर्चा भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।