
कामाडौं । लामो समयदेखि प्रर्दशन मिति अन्यौलमा रहेको फिल्म ‘सुस्केरा’ पौष १८ गतेबाट प्रर्दशन हुने भएको छ ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्त र स्वरूप अभिनेता पुरुष ढकालको मुख्य भूमिका रहेकाे छ । फिल्मलाई सान्तेन भुटियाले निर्देशन गरेका हुन् । एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको फिल्मका लेखक पनि साम्तेन नै रहेका छन् । निर्देशक भुटियाका अनुसार फिल्म ‘सुस्केरा’ प्रेमकथामा आधारित छ ।
काठमाडौंमा फिल्मलाई करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने बताइएको छ। फिल्ममा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायले पनि अभिनय गरेका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।