काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘धुपौरे’ बाट बाहिरिएका छन् । फिल्मको लागि अनमोलले वर्कशप समेत सुरु गरिसकेका थिए । तर कथामा परिवर्तन आएको कारण उनले फिल्म छाडेको बताइएको छ ।
फिल्मको छायांकन मंसिरबाट सुरु गरिने भनिएको थियो । अनमोलले छोडेपछि साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ नबन्ने हल्ला चलिरहेको छ । तर निर्माता टोलीले भने फिल्मको भित्री काम भइरहेको जनाइएको छ ।
फिल्मका निर्माता जयन श्रेष्ठका अनुसार फिल्मको पोस्ट–प्रोडक्सनको काम भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।