एजेन्सी । सेलिब्रिटीहरुको ब्रेकअप र प्याचअपको समाचार खासै नौलो होइन । कतिबेला जोडिन्छन् त कतिबेला छुट्टिन्छन् कुनै टुंगो हुँदैन ।
यस्तैमा केहि समयअघि कार्तिक आर्यन र सारा अली खानबीचका प्रेमका किस्साहरुले निकै चर्चा पाएको थियो । कारण बलिउडमा पछिल्लो समय हटकेक बनेकी साराले मिडियामा आफुलाई कार्तिक आर्यन अत्यन्तै मन पर्ने र उनीसँग डेट जाने चाहना रहेको बताएकी थिइन् । नभन्दै त्यसको केहि समयपछि नै कार्तिकले उनलाई प्रेम प्रस्ताव राखे र केहि समय दुवै रिलेसनसिपमा बसे । तर अहिले यो जोडि छुट्टिएर आ आफ्नो बाटो लाग्ने निर्णयमा पुगिसकेका छन् । उनीहरुले प्रेम सम्बन्ध भन्दा पनि करियरमै फोकस हुने बताएका छन् ।
यसैबीच अचेल कार्तिक आर्यनलाई चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको साथमा घुमफिर गर्दै गरेको भेटिएको भारतीय मिडियाले जनाएकाे छ । हालै बलिउडको एक म्यागाजिन लन्च कार्यक्रममा पनि कार्तिकले सारासँग ब्रेकअप भएको जवाफ दिएका थिए । बलिउड म्यागाजिन पिंकविलाका अनुसार कार्तिकसँग सारासँगको सम्बन्धबारे गरिएको प्रश्नलाई उनले नसुनेझैं गरी आफुले हालै अमिताभ बच्चनको साथमा एक विज्ञापनका लागि काम गरेको तर सो बारे कसैले प्रश्न नगरेको तर बोल्न नचाहेको विषयमा भने धेरै प्रश्न गरेको भन्दै पत्रकारमाथि खनिएका थिए ।
कार्तिक आर्यन र अनन्या पाण्डेको अभिनय रहेको फिल्म ‘पति पत्नी और ओ’को हालै ट्रेलर रिलिज भएको छ । जसमा यी दुईको केमेस्ट्री निकै जमेको देख्न सकिन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।