एजेन्सी । हलिउड गायिका म्याडोनाको कन्सर्ट निर्धारित समयमा नहुने भएपछि उनका फ्यानले मुद्दा दर्ता गराएका छन् । फ्यानहरु म्याडोनाको ‘म्याडम एक्स टुर’को दौरान समय सारेको भन्दै उनीबिरुद्ध आक्रोशित बनेका थिए ।
तिनै आक्रोशित फ्यान मध्येका एक फ्लोरिडामा बस्ने नेट हलेन्डरले १७ डिसेम्बरमा मियामीको फिलमोर बीचमा हुने भनिएको कन्सर्ट सो समयमा नहुने भएपछि उनी र आयोजकका बिरुद्ध मुद्दा हालेका हुन् । नेटले अब नयाँ समयमा हुने कन्सर्टमा जान नचाहेको र टिकटको पैसा फिर्ता माग्दा आयोजकले फिर्ता दिन नमानेपछि मुद्दा हाल्न बाध्य भएको बताएका छन् ।
उनले मियामीमा यस अघि पनि धेरै पटक म्याडोनाको कन्सर्ट सही समयमा नहुने र सरिरहने समस्या भएको खुलाएका छन् । उनले म्याडोनाको ढिलाईलाई पाठ पढाउन पनि मुद्दा हाल्नु परेको बताएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।