काठमाडौं। पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्म ‘हिजो आजका कुरा’ को शु्भ मुर्हत गरिएको छ । फिल्मको शुभमुर्हतसंगै छायांकन पनि सुरु गरिएको हो ।
कार्तिक २७ गते बुधबार शुभ मुर्हुत भएको फिल्म ‘हिजो आजका कुरा’ लाई निर्देशन भने निर्देशक साकार पन्तले गर्नेछन् । कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका फिल्मको लेखन कार्य सन्दीप किस्नाले गरेका हुन् । फिल्मको छायांकन काठमाडौं र चितवनमा गरिने निर्माता टोलीेले बताए ।
यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, नितेशराज पन्त, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्कीको मुख्य भूमिका रहनेछ भने सँगै हाँस्यव्यंग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारीले पनि अभिनय गर्नेछन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।