काठमाडौं । नायिका आँचल शर्मा प्रेमी डा.उदिप श्रेष्ठका साथमा यसै वर्ष घरजम बसाउने तयारीमा छिन् । करिब १ बर्षअघिबाट उनीहरु साथीको रुपमा नजिकिएका थिए, बिस्तारै यी दुईबीच प्रेम झ्याङ्गिँदै गयो र अहिले उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने सुरसारमा छन् ।
एक वर्षसम्म आफ्नो सम्बन्धलाई गोप्य राखेकी आँचलले पछिल्लो समय विभिन्न मिडियामा उदिपसँगको प्रेम सम्बन्ध सार्वजनिक खुलाएकी छिन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’ हामी दुवैको परिवारबीच यसबारे कुरा भइरहेको छ ।
‘फिल्म नाइँ नभन्नु ल४’बाट नेपाली रजतपटमा पाइला टेकेकी आँचलले अभिनेता पल शाहसँग अपोजिट भएर धेरै म्युजिक भिडियो र केही फिल्ममा काम गरेकी छिन् । यी दुईको जोडीलाई दर्शकले अत्यधिक रुचाएपछि जोडीको नाम नै ‘आँप’ जोडी भनेर नामाकरण गरिएको थियो । तर आँचलले उदिपसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेपछि उनलाई अहिले पलका फ्यानले सामाजिक सञ्जालमा गाली गलोज गरेका छन् । जुन कुराले आँचल मात्र नभएर पल समेत दुखी बनेका छन् । पललाई धोका दिएको भन्दै उनका फ्यान आँचलमाथि खनिएपछि पलले केही समयअघि फेसबुकमार्फत् आँचल आफ्नो साथी मात्र रहेको र उनलाई गाली गलोज नगर्न आग्रह गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।