काठमाडौं । जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ ।
न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।
निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल आज अदालतमा हाजिर भएपछि सो आदेश भएको हो ।
निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राउ पुर्जी जारी गरेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।