एजेन्सी । २५ वर्ष पहिले सन् १९९४मा मिस इन्डिया वल्र्ड बन्न सफल ऐश्वर्याको सपना उत्कृष्ट आर्किटेक्ट बन्ने थियो । तर पढाइसँगै मोडलिङमा समेत रुची राख्ने ऐश्वर्याले जव मिस इन्डिया प्रतियोगिता हुँदैछ भनेर थाहा पाइन् । उनलाई एक पटक प्रयास गरौं भन्ने चाह भयो मिस इन्डियामा उपबिजेता बनिन्, साथसाथै उनलाइ मिस वल्र्डमा भाग लिने ढोका खुल्यो त्यतीखेर ऐश्वर्या २१ वर्षकी थिइन् । उनी सुन्दरी त थिइन् नै साथै जजले सोधेको अन्तिम एक प्रश्नको चित्ताबुझ्दो उत्तर दिएर उनले सबैको प्रशंसा बटुल्न सफल भइन् र विश्व सुन्दरीको ताज पहिरिन् ।
ऐश्वर्यालाई सोधिएको थियो – मिस वल्र्ड हुन के गुण आवश्यक हुन्छ ? जवाफमा उनले भनेकी थिइन् – ‘आजसम्म हामीले जतिपनि विश्व सुन्दरी देखेका छौं उनीहरु सबैमा दयाको भावना थियो । दया हरेक मानिसमा हुनै पर्छ,मैले यस्तो मानिसहरु पनि देखेको छु जसले मानिस मानिस बीच हुने विभेद,राष्ट्रियता र रंगलाई समेत चिरेर अगाडि देख्न सक्छन् । हो हामीले उनिहरुले देखेभन्दा पनि बढी देख्न जरुरी छ तब मात्र एक असल विश्व सुन्दरीको पहिचान संसारभर रहने छ ।’
विश्वसुन्दरीको ताज पहिरिएसँगै ऐश्वर्याको चौतर्फी प्रसंशा हुन शुरु भयो । बिस्तारै फिल्मबाट अफर आउन थाल्यो उनले अभिनय गरेका फिल्महरु हिट हुन थाले आर्किटेक्चर बन्ने सपनालाई बीचमै छाडेर उनी अभिनयमै जम्न थालिन् । भरखरै ४६औं जन्मोत्सव मनाएकी ऐश्वर्या आज पनि विश्वकै सुन्दरी मध्यमा गनिन्छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।