एजेन्सी । केही दिन अगाडि बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा सेयर गरेको फोटोलाई लिएर कडा आलोचना सुरु भएको छ। फोटोमा वाणी ‘हरे राम’ लेखिएको केही खुकुलो ड्रेसमा देखिएकी थिइन्। फोटो सार्वजनिक भएसँगै उनी ट्रोलको सिकार बनेकी छिन् ।
वाणीको ‘हरे राम’ लेखिएको बिकिनी विवाद सामाजिक सञ्जाल हुँदै अहिले प्रहरी चौकीमा समेत पुगेको छ। वाणीविरुद्ध मुम्बई निवासी रमा सावन्तले एनएम जोशी मार्गमा रहेको प्रहरी चौकीमा धार्मिक भावनामा आहात पुर्याएको भदै उनीमाथि मुद्दा दर्ता गराएका छन् । त्यस्तै बिकिनीमा भगवानकाे नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा तीब्र विरोध भएको छ।
टिप्पणीकर्ताहरूले जुनसुकै कपडालाई पनि फेसनको रूपमा प्रयोग गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।