- सुवास लामिछाने
पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७ औँ केन्द्रीय महाधिवेशनबाट याम क्षेत्री केन्द्रीय सदस्य पदमा विजयी भएका छन् ।
क्षेत्री (खुल्ला तर्फबाट) ७ सय ३१ मत ल्याई विजयी भएका हुन् । खुला १२ जनाको कोटा रहेकोमा क्षेत्री छैटौं नम्बरमा परेका छन् । भने १ हजार १४ मतसहित देवी घर्ती पहिलो, ८ सय ७१ मतसहित पि एन सापकोटा दोस्रो नम्बरमा त्यसैगरी क्रमस ७ सय ८५ मत प्रकाश सपुत, ७ सय ७९ मतसहित पुरुषोतम भण्डारी ७ सय ५४ मतसहित प्रकाश भट्ट विजयी भएका छन् ।
विजयीपछि केन्द्रीय सदस्य याम क्षेत्रीले सम्पूर्ण प्रतिनिधि, शुभ चिन्तक, साथी र प्रदेशजिल्ला तथा उपत्यका समन्वय समिति लगायत सबैलाई धन्यवाद दिए ।
उनले आफूलाई विश्वास गरी सुम्पिएको जिम्मेवारीबाट कदापि पछि नहट्ने र सस्थागत अनुशासनमा रहि अग्रजहरुको सल्लाह –सुझावलाई आत्मसात गर्दै संस्थाको हितको लागि सधैँ लागिरहने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।