बलिउड अभिनेत्री परिणीति चोपडाले चाँडैनै ब्याडमिन्टन खेलाडी साइना नेहावालको बायोपिकको सुटिङ गर्ने भएकी छन् । यो फिल्ममा काम गर्नका लागि परिणीति जति उत्साहित छन्, त्यतिनै मेहेनत पनि गरिरहेकी छन् ।
केही दिन अगाडि मात्रै पनि ब्याडमिन्टन खेलको अभ्यास गर्ने क्रममा उनलाई चोट लागेको थियो । अहिले उनी पूर्ण रुपमा तन्दुरुस्त बनिसकेकी छन् ।
जानकारी अनुसार अभिनेत्री परिणीतिको गर्दनमा चोट लागेको थियो । जसलाई चाँडो ठीक पार्नका लागि उनले निकै प्रयास गरेकी छन् । अहिले उनी पूर्ण ठीक भइसकेकी छन्, भने फिल्मको तयारीमा जुटेकी छन् ।
उनले भनिन्–‘हो, यो खबर सही हो । म १०० प्रतिशत फिट छु । ब्याडमिन्टन अभ्यासमा फर्कनका लागि धेरै समय कुर्न सक्दिन । मलाई सपोर्ट गर्नुहुने फिल्मको सम्पूर्ण टिमलाई धन्यबाद दिन चाहन्छु ।’
त्यसोत, परिणीतिले ब्याडमिन्टन कोर्टमा अभ्यासका लागि फर्किइसकेका छन् । उनले भनेकी छन्–‘म यस इन्ट्र्ेस्ट सुटिङ गर्नका लागि निकै पोजेटिभ महसुस गरिरहेकी छु । किन भने मैले ८ देखि १० घण्टा ब्याडमिन्टन खेल्नुपर्छ । म खुसी छु, किनभने दोस्रो पटक फिट भइसकेकी छु ।’
यस साइना फिल्मलाई अमोल गुप्तेले निर्देशन गर्नेछन्, भने भुषण कुमार र कृष्ण कुमारले निर्माण गर्दैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।