- कृष्ण पाण्डे
बुटवल । मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा रमपम विन्धवासिनी म्यूजिक अवार्डको दशौँ संस्करण मंसिर १४ गतेबाट पुरा हुने भएको छ । अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमले दशौँ वर्षको सो पुर्णता प्राप्त गर्न लागेको हो ।
नेपालकै सबैभन्दा लोकप्रिय मनिएका विन्ध्यवासिनी म्यूजिक अवार्ड नेपाली संगीतकर्मीहरुको महान पर्वको रुपमा मनाउदैँ आएको छन् । नेपाली कला तथा संगीत कमीहरुले समेत विश्वसनीय मान्ने यस कार्यमक्रममा यस वर्षपनि अन्यवर्ष झैँ टप ५ मनोनयनबाट सर्वोत्कृष्ट एकजना चयन गरि ३२ वटा विधामा अवार्ड पर्दान गरिदै छ ।
यस्तै संस्थाले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ लोक गायक कुमार बस्नेतलाई दिने निर्णय गरेको छ । पत्रकारिता तर्फबाट वरिष्ठ पत्रकार राजेश खनाललाई सम्मान गरिने भएको छ ।
साथै सो कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति समेत रहने फाउण्डेशनकि अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिनुभएको छ ।
विन्ध्यवासिनी फाउण्डेशनले वि.स.२०६७ देखि देखि अवार्ड कार्यक्रमको सुरुवात गरेको हो । जसमा नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत विभिन्न विशिष्ट संगीतकर्मीहरुलाइ लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा पनि सम्मान गर्दै आइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।