काठमाडौं, मंसिर १३ । नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउने योजनालाई सहयोग गर्न ‘वि विल राईज’ले भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना गर्ने भएको छ।
देशका ओझेलमा रहेका पर्यटकीय स्थललाई उजागर गर्ने प्रयास स्वरुप राईजले ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने अभियानअन्तर्गत भिडियो च्यालेन्ज प्रतियोतिा आयोजना गर्न लागेको जनाएको छ।
शुक्रबार नेपाल भ्रमण वर्ष सचिवालयमा एक कार्यक्रमको आयोजना गरि दोस्रो चरणको भिडियो च्यालेन्ज प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको हो।
मुलुकभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास स्वरुप वी विल राईज फाउण्डेसनले सुरु गरेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज प्रतियोगिता दोस्रो पटक हुन लागेको हो ।
प्रतियोगिताको घोषणा समारोह नेपाल भ्रमण बर्षका राष्ट्रिय संयोजक सुरज वैधको प्रमुख आतिथ्यमा हुने आयोजक वी विल राईज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगिता एक सय (१००) दिन सम्म चल्न बताइएका ेछ । सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ । यसमा विभिन्न १० विधामा दिईने अवार्डका लागि ७० वटा भिडियो मनोनयन गरिनेछ। मनोनयमा परेका भिडियोमध्ये उत्कृष्ट १० भिडियोलाई आगामी अप्रिलमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जनाएको छ।
प्रतियोगितामा पहिलो हुनेलाई पाँच लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख र बाँकी सात विधामा एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।