काठमाडौं । नायक अनमोल केसीले हालै अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ द इयर’ अवार्ड हात पार्न सफल रहे । त्यसअघि उनले जापानमा आयोजना भएको एक अवार्ड कार्यक्रममा ‘पपुलर एक्टर’को अवार्ड हात पारेका थिए ।

एकपछि अर्को अवार्ड जित्दै आएका अनमोललाई अवार्ड पाउने कार्यक्रममा मात्र पुग्ने गरेको आरोप समेत लाग्ने गरेको छ । तर यसलाई खण्डन गर्दै अनमोल भन्छन् -‘अवार्ड त्यत्तिकै लोभ गरेर पाउने कुरा होइन, यो कलाकारलाई दिने सम्मान हो ।’ मैले अवार्डलाई मलाई गरिएको सम्मानको रूपमा हेरेको छु’ भनेका छन् । अरूलाई अवार्ड पाउने लोभ होला तर आफूमा त्यो लोभ नभएको उनले स्पष्ट पारेका छन् ।
अनमोल यति बेला उनी चलचित्र ‘ए मेरो हजुर ४’को लागी तयारी गर्दै छन् । उनी अमेरिकामा हुन लागेको चलचित्र ‘क्याप्टेन’को विशेष शोमा सहभागी भएर नेपाल फर्किनेछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।