काठमाडौं । स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ अर्थात आजकै दिन निधन भएको थियो ।

आफ्नो जादुमयी आवाजबाट सबैलाई आकर्षण गरेका उनेले स्वर सम्राटको उपाधि पाएका थिए । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेकाका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए । उनका सदाबहार र कालजयी गीत आजका पुस्ताले समेत मन पराउने गरेका छन् ।
उनले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाएका छन् । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा समेत आवाज भरेका छन् ।
नारायण गोपाल संगीत कोषले प्रत्येक वर्ष उनको स्मृति दिवसका दिन विभिन्न सांगीतिक कार्यक्रम गर्दै आउने गरेको छ । सोही अनुसार आजपनि महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण गर्ने र राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।