काठमाडौँ । भारतले सीमाना मिचेको भन्दै विरोध भइरहेको बेला र्यापर÷गायक सुशील क्षत्रीले ‘सीमाना’ नामको गीत बजारमा ल्याएका छन् ।

सीमाना गीतको भिडियोमा गायक क्षत्रीको आफ्नै अभिनय रहेको छ । यस्तै भिडियोको निर्देशन रन्जित कुमार श्रेष्ठले गरेका हुन् ।
भिडियो आकाश ढकालले खिचेका हन्, भने प्रोडक्सन म्यानेजर विकल लामिछाने र मनिष थापाले गरेका छन् । भिडियोलाई चितवनमा खिचिएको हो ।
‘र्याप सङ्गीतभित्रको एउटा रुचाइएको विधा हो’, र्यापर क्षत्रीले भने, ‘र्याप युवा पुस्तालाई पनि भाषागत ज्ञानको राम्रो माध्यम बनेको छ ।’
‘पहिले र्याप गीतहरु धेरैले बुझ्दैन थिए, अहिले हरेक उमेरसमूह माझ र्याप गुञ्जिने वातावरण बनेको छ’, आकाश ढकालले भने, ‘हरेक मेला-महोत्सवमा युवा पिँढीले अहिले र्याप मिसिएको गीत खुबै मन पराएका छन् ।’
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।