
काठमाडौं । नेपालका फिल्म हलहरुमा फिल्मको व्यापार सुक्न थालेको छ । फिल्महरु भटाभट बनिरहेको छ तर व्यापार भने सुक्दै गएको छ । यसै क्रममा निर्माता तथा निर्देशक दीपकराज गिरीले फिल्मको व्यापारको बारेमा आफ्नो समाजिक संजालमार्फत व्यंग्य प्रहार गरेका छन् ।
दिपकले व्यंग्यमार्फत केटा केटीहरू डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? भन्दै प्रश्न गरी आजकल जुनसुकै फ़िल्म हलमा गए पनि हुन्छ भनेका हुन् । आइतबार दिपकले आफ्नो सामाजिक संजालमा भनेका छन्, ”केटा केटीहरू डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? आजकल जुनसुकै फ़िल्म हलमा गए पनि हुन्छ । हरिबिजोक डटकम ..”
स्टाटसद्वारा दिपकले हिजोआज फिल्म हलहरू दर्शक नभएर खाली रहेको जानकारी दिएका हुन् । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘माछा माछा’को व्यापार पनि निकै नै कमजो रहेको छ। अभिनेता सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, बिजय बराल जस्ता कलाकार भएको चलचित्र ‘माछा माछा’ले न त समिक्षकको प्रशंसा राम्रो नै पाएको छ । तर हलमा दर्शकको साथ भने पाउन सकेनन् ।
एउटै मितिमा प्रदर्शनमा आएको अर्को चलचित्र ‘माया पिरिम’ हो । यो फिल्मको रिलिज त झन दर्शकले थाहानै पाएनन् । पछिल्लो समय ‘च च हुई, सरौतो, लभ यू हमेशा, माछा माछा, माया पिरिम’ ले बक्स अफिसमा सफल पाउन नसकेकाे हाे ।
कात्तिक महिनामा रिलिज भएका ‘बादशाह जुट, घामड शेरे, जीवन काँडा कि फूल, मिस्टर नेपाली’ लगायतका फिल्महरुले पनि बक्स अफिसमा चित्त बुझाउन सकिने व्यापार गरेनन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।