काठमाडौं । छायांकन भइरहेको फिल्म ‘झिंगे दाउ’ बाट अभिनेत्री केकी अधिकारीको पनि नयाँ लुक्स सार्वजनिक भएको छ । फिल्मको सुटिङ सेटबाट अधिकारीको फरक लुक्स रिलिज भएको हो।

सार्वजनिक तस्वीरमा अधिकारीकाे सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते र रातो गुन्यू चोलीमा सजिएर ऐना हेर्दै मुस्कुराईरहेकी छिन्। भने त्यसैगरी अधिकारी, आँचल शर्मा र सुर्यमाला खनाल एकसाथमा भएको दोस्रो तस्वीर पनि बाहिरिएको छ।

फिल्मकाे सेटबाट केहि समय अगाडी आँचल शर्माको लुक्स सार्वजनिक भएको थियो । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरिरहेका छन् भने निमार्ण पनि निर्देशक आफैले गरेका हुन् ।
पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारिएकाे फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् । सामाजिक कथामा बन्न लागेको फिल्ममा केकीसंगै आँचल शर्मा र मुकुन भुषालको मुख्य भुमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।