एजेन्सी । दक्षिण अफ्रिकाकी सुन्दरी जोजीबिनी टुन्जीले मिस युनिभर्स २०१९को ताज पहिरिएकी छन्। आइतबार राती अमेरिकाको जर्जियामा भएको अन्तिम प्रतिष्पर्धामा अन्य देशका सुन्दरीलाई पछि पार्दै ब्वाइजकट कपाल काटेकी जोजिबिनीले टाइटल हात पार्न सफल भएकी हुन् ।

स्विमसुट, गाउन राउन्ड र प्रश्नोत्तर राउन्डपछि उनले यो ताज जितेकी हुन् । २६ वर्षिया जोजिबिनीले प्रश्नोत्तर राउण्डमा भनिन् –‘म यस्तो संसारमा हुर्किएकी हुँ, जहाँ मेरोजस्तो छाला र कपाल हुने महिलालाई कहिल्यै सुन्दर मानिन्नथ्यो मलाई लाग्छ त्यो आजदेखि बन्द हुनुपर्छ। बच्चाहरूले मलाई र मेरो अनुहार हेरेर उनीहरूको अनुहार प्रतिबिम्बित भएको देखून् ।’

प्राय: सुन्दरी प्रतियोगितामा प्रतियोगीको कपाललाई पनि सुन्दरताको मापन बनाइन्छ। तर जोजिबिनीको कपाल केटामान्छेको जस्तो छोटो छ।

१९ सुन्दरीको सहभागिता रहेको प्रतियोगितामा मिस मेक्सिको र मिस पुर्टोरिको मिस युनिभर्सका रनर अप बनेका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।