- मनोज श्रीवास्तव,
कपिलवस्तु । नेपाल भ्रमण वर्ष-२०२० की सद्भावना दूत चिनियाँ अभिनेत्री सु-चिङले सोमबार बुद्ध जन्मस्थल तिलौराकोटको भ्रमण गरेकी छिन् ।
अभिनेत्री चिङ बर्दिया निकुञ्ज भ्रमण सकाएर सोमबार लुम्बिनी आएकी हुन् । उनले राजा शुद्धोधनको राज प्रसाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएका प्राचीन कपिलवस्तु (तिलौराकोट) को पनि अवलोकन गरेकी छन् ।
उनलाई कोषका सूचना अधिकृत दीलिपसिंह राईले पथ प्रदर्शन गरेका थिए । सामाजिक सञ्जाल विबोमा अभिनेत्री सु-चिङलाई करिब १ करोड ६० लाख फ्यानहरुले पछ्याएका छन् ।
त्यस्तै उनको भ्लगलाई १ अर्ब १३ करोडले पछ्याएका छन् । चिङले सन् १९९० मा ‘लाइफ अन अ स्ट्रिङ’ मार्फत चिनियाँ फिल्ममा डेब्यु गरेकी थिइन् ।
अभिनेत्री चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आई लभ यु टु, ‘मिस्टर सिक्स’ लगाएत दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
