काठमाडौं । टिभीदेखि बलिउड उद्योगसम्म सफल यात्रा गर्न सफल अभिनेत्री हिना खान सबै भन्दा चर्चित अभिनेत्रीको रुपमा चिनिन्छन् ।
अभिनेत्री हिना खानले कडा मेहेनत र कुशल अभिनयकै कारण आफ्नै पहिचान बनाएकी छन् ।
फ्यान फलोइङहरुको तुलनात्मक रुपमा हिना खानले ठूल–ठूला सेलिब्रेटीहरुलाई टक्कर दिदै आएकी छन् ।
सोसल मिडियामा पनि हिना खानलाई करोडौंले फलो गरिरहेका छन् । यसैबीच अभिनेत्री हिनाको शिरमा नयाँ सक्सेसको ताज सजिएको छ ।
अभिनेत्री हिना खानले सेक्सिएस्ट एसियन वुमन २०१९ को तेस्रो स्थानमा आफूलाई सुरक्षित गरेकी छन् ।
बुधबार मात्रै युके बेस्ड विकली म्यागाजिनले अभिनेत्री हिना खानलाई थर्ड सेक्सिएस्ट एसियन वुमन घोषणा गरेको छ ।
हिना खानले बलिउडकी सबै भन्दा सुन्दर अभिनेत्री क्याट्रिना कैफलगाएतलाई समेत पछि पारेकी छन् । सेक्सिएस्ट एसियन वुमनको लिस्टमा बलिउडकी सबै भन्दा क्युट अभिनेत्री आलिया भट्टको नाम सबै भन्दा अगाडि छ ।
त्यसपछि दोस्रो नम्बरमा अभिनेत्री दीपिका पादुकोण रहेकी छन् । दीपिकापछि तेस्रो नम्बरमा अभिनेत्री हिना खान छन् ।
यो लिस्टमा पाकिस्तानी अभिनेत्री हिना खान चौथो नम्बरमा छन्, भने टिभी अभिनेत्री सुरभी चंदन पाँचौं नम्बरमा छन् । अभिनेत्री क्याट्रिना कैफ छैटौं स्थानमा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
