काभ्रेपलान्चोक । हाँस्य सिरियल ‘कस्तो अचम्म’ का कलाकार र प्राबिधिक सम्मानित भएका छन् ।
शनिबार काभ्रेपलान्चोकको दोलालघाटस्थित भोटेकोसी नदीको किनारामा भएको वनभोज कार्यक्रमका दौरान हाँस्य सिरियल ‘कस्तो अचम्म’का कलाकार र प्राविधिकहरुलाई सम्मानित गरिएको हो ।
हालसालै सुरु भएको हास्य सिरियल कस्तो अचम्मले हास्यास्पद ढङ्गले समाजमा रहेका, राजनीतिक क्षेत्रका विकृतिहरुलाई हटाउनका निमित्त र समाजमा चेतना फैलाउन हास्य ब्यङ्ग्यका मार्फत कडा रूपमा प्रहार गर्दै आएको छ ।
सम्मानित हुनेमा कार्यक्रमकी निर्मात्री भावना बडु, छायाकार एवं सह निर्देशक पुष्कर राज बडु, निर्देशक लक्ष्मण कुवर, शृङ्खला निर्देशक जय सापकोटा, कलाकार हर्क सिह, प्रयाग तिरुवा, विश्वरान ढलकोटी र विजय कार्की रहेका छन् ।
त्यस्तै महिला कलाकार तर्फ माया लामा, उमा थापा, निशुजा श्रेष्ठ र देवकी किवाछे रहेका छन् । टेलिफिल्म कस्तो अचम्मको प्राविधिक टोलीका सहायक छायांकार प्रमोद तिरुवा र श्रिङ्गारकी माया लामालाई प्रमाण–पत्र अविर र खादा ओढाएर सम्मानित गरिएको थियो ।
टेलिफिल्मका कलाकार र प्राविधिकहरुको मनोबल बढाउन र कलाकारिता क्षेत्रमा लाग्न प्रेरणा मिलोस भन्ने उदेश्यले वनभोज आयोजना गर्दै सम्मानित गरिएको जनाएको छ ।
कलाकार र प्राविधिकहरुलाई प्रमुख अतिथि अधिवक्ता एवं सिरियलका कानूनी सल्लाहकार रामबहादुर मिजार र नेपाली चलचित्र क्षेत्रका वरिष्ठ द्वन्द्व निर्देशक शंकर लामिछाने र नेपाल समाचार–पत्रका प्रबन्धनिर्देशक नन्दगोपाल क्षेत्रीले संयुक्त रूपमा सम्मानित गरेका थियो ।
वन भोज कार्यक्रम आयोजक चिनारी अनलाइन प्रालिले अधिवक्ता एवं सिरियलका कानूनी सल्लाहकार रामबहादुर मिजार र नेपाली चलचित्र क्षेत्रका बरिष्ठ द्वन्द्व निर्देशक शंकर लामिछाने र नेपाल समाचारपत्रका प्रबन्धनिर्देशक नन्दगोपाल क्षेत्रीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
हालसम्म अनलाइन र युट्युब मार्फत प्रसारण हुँदै आएको हास्य सिरियललाई अब नेपाल टेलिभिजन मार्फत प्रशारण गर्ने तयारी गरेको ब्यवस्थापक प्रयाग तिरुवाले जानकारी गराए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।

