काठमाडौं । गायक तथा अभिनेता यमन माझीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । नवराज जिसीको शब्द तथा कमल फुयाँलको संगीतमा ‘यी आँखाले’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
शुक्रबार सोसल मिडिया युट्युवमार्फ सार्वजनिक गरिएको ‘यी आँखाले’ बोलको गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् ।
गीतको भिडियोमा अर्जुन खड्का र शशी कला माझी फिचर्ड छन् । कमल फुयाँलले निर्देशन गरेका गीतको भिडियोलाई रुपेश माझीले छायाङकन गरेका हुन् । त्यस्तै अर्जुन खड्काको सम्पादन रहेको छ ।
Singer/Actor : Yaman Majhi
बहुप्रतिभाका धनी यमन माझी गीत/संगीत तथा कलाकारिताको क्षेत्रमा निकै अब्बल मानिन्छन् । माझी समुदायका ‘किङ’को रुपमा चर्चित यमनले दुई वटा फिल्म ‘एक्स्ट्रा माया’ र ‘मोङो डोङा–२’ मा मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् ।
त्यस्तै यमन माझीको निर्देशनमा बनेका दर्जनौं म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन् । केही म्युजिक भिडियोमा आफैले अभिनयसमेत गरेका छन् ।
साथै उनको शब्द, संगीत तथा आवाजमा कयौं गीतहरु बजारमा आइसकेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
