- रामहरि श्रेष्ठ,
ओखलढुंगा, २७ मंसिर। मोफसलमा रहेर लोक गीत संगीतमा सशक्त कलम चलाउँदै आएका ओखलढुंगेली सर्जक निर्मल श्रेष्ठको पछिल्लो लोक दोहोरी गीत ‘छैन मलाई डर’ सार्वजनिक भएको छ । केही समयअघि चन्द्रसुर्य फिल्म नामक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले छोटो समयमा निकै चर्चा बटुल्न सफल भएको छ ।

गीत सार्वजनिक भएको दुई हप्ता नबित्दै झन्डै साँढे एक लाख पटक हेरीसकिएको छ । चन्द्रसुर्य फिल्मस्को प्रस्तुतिमा राजु बिरही लामा र उत्कृष्ट श्रेष्ठले गीतलाई बजारमा ल्याएका हुन् । गीतमा चर्चित गायिका अञ्जु पन्त र ओखलढुंगेली गायक वालकुमार श्रेष्ठको आवाज रहेको छ ।

निर्मल श्रेष्ठले लेखेको शव्दमा स्वयंम गायक श्रेष्ठले लय भरेका छन् । गीतमा मोडल सृष्टि खड्का र ओखलढुंगेली मोडल उमङ्ग श्रेष्ठको जोडदार अभिनय छ । ओखलढुंगेली सर्जक श्रेष्ठको मायामा भर्ना ,बिश्वास घात लगायतका गीतहरु यसअघिका चर्चित गीतहरु हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।