काठमाडौँ । प्रायः बलिउड अभिनेता सलमान खान इदको छेको पारेर आफ्ना फिल्म रिलिज गर्छन् । चाडको मौसम पनि पर्ने हुँदा अक्सर उनका चलचित्रले इदमा राम्रो कमाई पनि गरिरहेका छन् । इदमा एकछत्र राज गरिरहेका सलमानको यस पटकको इदमा अर्का हिट अभिनेता अक्षय कुमारसँग प्रतिस्पर्धा हुने भएको छ ।

२०२० को इदमा सलमानको ‘राधे’ र अक्षयको ‘लक्ष्मी बम्ब’ प्रदर्शनमा आउने भएका हुन् । सलमानले दुई प्रतीक्षित चलचित्र एउटै मितिमा प्रदर्शनमा आउने भए पनि नोक्सान भने कसैलाई नहुने बताएका छन् । उनले आफ्नो चलचित्र पनि क्रिसमस, दिवाली, रामदान जस्ता चाडमा रिलिज हुन सक्छन् ।
आफूले कहिले पनि इद मेरो मात्र हो नभनेको भनेका छन् । यती बेला दुवै अभिनेताका आ-आफ्ना चलचित्र प्रदर्शनको तयारीमा छन् । सलमान ‘दबंग ३’ लाई लिएर चर्चामा छन् भने अक्षयको ‘गुड न्युज’ नयाँ वर्षमा आउँदै छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।