
काठमाडौं । माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक भएको छ । गीत शनिबार सार्वजनिक गरिएको हो ।
कथा तथा निर्देशन जोन योञ्जनले गरेको फिल्मको गीतमा दिपक आर.जे.र गिरिस खतिवडाले स्वर दिएका छन् । गीतको शब्द प्रकाश मल्लको रहेको छ भने दिपक आर.जेकैले संगीत भरेका हुन्।
लाइट कमेडी जनरामा निर्माण भएको फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको हो ।
फिल्मलाई रेणु राना, दिपक खातिवडार रुपक थापाले निर्माण गरेका हुन् भने सह निर्माताको रुपमा गौतम शाहाले लगानी गरेका छन्। अनिशस्यांगदेनको छायांकन रहेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् । फिल्मको कोरियोग्राफीमा विक्रम स्वार छन् ।
फिल्ममा समीर श्रेष्ठ र अभिषेक नेपालसंगै काजीराना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।