३० मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालीयन सिरी एमा युभेन्टस फेरी लिगको शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले उडिनेसीलाई ३–१ ले हराउँदा रोनाल्डोले सुरुवाती २ गोल गरे ।

खेलको नौं मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनायो । त्यसपछि ३७ औं मिनेटमा गोञ्जालो हिगुइनको पासमा रोनाल्डोले ब्यक्तिगत दोस्रो तथा टिमको लागि पनि दोस्रो गोल गरे ।
त्यसपछि ४५ औं मिनेटमा बोनुसीको गोलमा युभेन्टसले अन्तर तीन शुन्यमा पुर्यायो । पहिलो हाफमा नै तीन गोलले पछि परेको उड्सीनीले दोस्रो हाफमा एक गोल फर्काएपनि हार टार्न सकेन । उसका लागि खेलको इन्जुरी समयमा पोसीटोले गोल गरे । यो जितले युभेन्टसले १६ खेलमा ३९ अंक बनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।