
काठमाडौं । वैशाख र भदौमा नै प्रदर्शनमा आउने भनिएको फिल्म ‘नीरफूल’को नयाँ प्रदर्शन मिति तोकिएको छ ।फिल्म फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको हो ।
दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’को पोस्ट प्रोडक्शनमामा ढिलाइ भएको कारण फिल्मको प्रर्दशन मिति सारिएको निर्माण टोली बताउँछन् । फिल्मको निर्देशन फूलमान वलले गरेको बताइएको छ ।
फिल्ममा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।
‘नीरफूल’मा दयाहाङका साथमा रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।