काठमाडौं । सन्तोष सेनको मोस्ट अवेटेड फिल्म ‘प्रेमगीत–३’को छायाङकन हिमाली जिल्ला मनाङमा धमाधम भइरहेको छ ।
काठमाडौंको कीर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायाङकन सकाएर निर्माण टिमले मनाङ हानिएको थियो ।
मनाङमा मात्रै दश दिनको छायाङ्कन सकिदा फिल्मको ७५ प्रतिशत छायाङकन सम्पन्न भइसकेको निर्माता तथा निर्देशन सन्तोष सेनले जानकारी गराएका छन् ।
अब कुनै समस्या उत्पन्न नभएमा १०÷१५ दिनभित्र फिल्मको सम्पूर्ण छायाङकन सम्पन्न हुने निर्माता सेनको भनाइ छ । फिल्मको ५५ प्रतिशत छायाङकन मनाङमै गरिनेछ ।
अहिलेको समय मनाङमा हिउँ परिरहेकाले छायाङकनमा केही असहज भइरहेको निर्माता÷निर्देशक सेनले बताए । तर, पनि माइनस २६ डिग्री सेल्सियसमा पनि टिमले कुशलता पूर्वक काम गरिरहेको उनको भनाइ छ ।
यसैबीच निर्माता सेनले मनाङको सुटिङ सेटको केही तस्वीरहरु सोसल मिडियामा सार्वजनिक गरिरहेका छन् । यो फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।
फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायत कलाकारको पनि अहम भूमिका रहनेछ ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनिरहेको ‘प्रेमगीत–३’ आगामी चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ । यो फिल्मको टिजर र केही कलाकारहरुको लुक्स पनि सार्वजनिक भइसकेको छ ।
तस्वीर : निर्माता/निर्देशक-सन्तोष सेन
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।





