- कृष्ण पाण्डे,
बुटवल । लोक तथा दोहोरी गायक मोहन खड्काको नयाँ गीत ‘चिसो महिना पुषै’को सार्वजनिक भएको छ । गायक खड्का र तुलसी घर्ती मगरको आवाजमा रहेको उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ ।
बिनोद भण्डारीको ‘कन्सेप्ट’ तथा निर्देशनमा तयार पारिएको यस गीतमा आफ्नो जीवनसाथी, जसलाई प्राणभन्दा बढी माया गरिन्छ । सोही मान्छे बिरामी, असक्त भएपछिको पीडा र ब्यथालाई कलाकार ओवी रायमाझी र आयुष्मा कार्कीले जीवन्त अभिनय मार्फत उतारेका छन् ।
पछिल्लो समयमा भण्डारी निर्देशनमा ब्यस्त र अब्बल देखिदै आएका छन् । उनी निर्देशनसँगै गायन तथा अभिनयमा पनि सफल मानिन्छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
