
काठमाडौं । फिल्म ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
बिहिबार सार्वजनिक भएको ‘आमा’ फिल्मको ट्रेलरमा नेपालको सरकारी अस्पतालमा बिरामीलाई उपचार गर्नका लागि आवश्यक सामाग्री नभएको र जनताको गरिबी पनलाई प्रस्तुत गरिएको छ ।
‘आमा’ फिल्मको मुख्य भूमिका आमामा मिथिला शर्मा र छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छन् । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने कथा र छायांकन पनि निर्देशक खनालकाे नै रहेकाे छ । फिल्ममा लगानी शर्मिला पाण्डेले गरकी छन् ।
फिल्म ‘आमा’मा मिथिला शर्मा र सुरक्षा पन्तसंगै देशभक्त खनाल, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको छ । फिल्म फागुन ९ गते देखि प्रर्दशन हुनेछ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।